Monday, December 2, 2013

Saturday, August 25, 2012

श्री विश्वकर्म समाज, कालेबुङ

श्री विश्वकर्म समाज, कालेबुङ  सन् 1926 सालमा स्थापित भएको थियो। तब देखी हाल कतिपय समाजप्रेमी, जोसिला युवावर्गको समुहले समाजलाई सफलताकै शिखरमा पुऱ्याउनै नसके पनि सफलताको बाटामा अग्रसर रहेको, वर्तमान कार्यकलापले नै बताउँछ।

           सम्पूर्ण विश्वकर्म परिवारलाई नै समेट्ने उद्देश्यले वर्तमान महङ्गाइको समयमा पनि वर्षको केवल रू 25 –मात्र सदस्य शुल्क राखेर एकताको सूत्रमा बाँध्ने प्रयास वर्तमान पदाधिकारीवर्गको छ। यसमा प्रत्येक विश्वकर्म परिवारकै सहयोगको आवश्यकता रहन्छ। कालेबुङ विश्वकर्म परिवारभित्र मात्र नभएर दार्जीलिङ, खरसाङ, सिलगड़ी, मिरिक अन्य सम्पूर्ण विश्वकर्म समाजहरू पनि एकै धुरी मुनि रहे हाम्रो परिवार अवश्यै वृहत् रुपमा बड़ेर जानेछ।

           मानिस सामाजिक प्राणी। प्रत्यक्ष-अप्रत्यक्ष रुपमा सबै मानिस समाजसित जड़ित नै हुन्छन्। सबैलाई आ-आफ्नो समाजको आवश्यकता सधैं रहन्छ। सिर्फ कमायो अनि आफ्नो परिवारको सन्तुष्टिलाई मात्र पूर्ण गर्न सायद मानव जीवनको अर्थ पूर्ण नहोला। एकबारको जीवनमा पारिवारिक आनन्द पहिलो हो भने आफ्नो समाजको उन्नतिको निम्ति केही गर्नु पनि आत्म सन्तुष्टि नै हो। कमाउनु, खानु, लाउनु त व्यक्तिको दैनिक कार्य घड़ीको काँटाझैं हो तर रहेको समयको सदुपयोग गरी समाजको निम्ति केही गर्नु पनि उसले यस धरती अनि त्यस जातिमा जन्म लिएको सही अर्थ लाग्नेछ। यसैले प्रत्येक जागरूक, चिन्तक सदस्य-सदस्याको नितान्त आवश्यक रहन्छ, यदि समाजलाई सफलताको खुड़किलोमा अघि लाउनु हो भने।

वर्तमान पदाधिकारी, कार्यकारिणी साथै सल्लाहकारवर्गझैं भविष्यमा आउने नयाँ समूहले पनि आफ्नो जाति र समाजलाई सफलताको निम्ति नौलो, नौलो कार्यहरू गरून् र आजको समूहको सपनालाई दिगो राखून् भन्ने चाहना राख्दछौं।

Leave your comment...
आफ्नो प्रतिक्रिया लेख्नुहोस..

प्रत्येक शनिबार समाजभवन खोली जाति प्रमाणपत्रमा (Caste Certificate) सही गरिन्छ।

प्रत्येक महिनाको पहिलो आइतबार मासिक सभा सम्पन्न गरिन्छ।